मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका छन् ।. बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले भिजिट भिसा प्रकरण मानव तस्करीसँग जोडिएको बिषय भएकाले छानबिन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्ग प्रशस्त गरेर छानबिनलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए । पाण्डेले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने प्रतिवद्धता मात्रै आए पनि सदनको गतिरोध अन्त्य हुने जिकिर गरे ।

उनले पतञ्जली जग्गा हिनामिना प्रकरणका विषयमा पार्टीभित्र छलफल गरेर धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।