राप्रपामा जनप्रिय नेतृत्वको आवश्यकता छ : राणा

बाँके - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता धवलशम्शेर राणाले जनभावनालाई जनमतमा परिणत गर्न सक्ने, सबै राष्ट्रवादी शक्तिलाई एकतावद्ध गर्न सक्ने कुशल र सबल जनप्रिय नेतृत्व राप्रपामा आवश्यक रहेको बताएका छन् । राप्रपामा उठेका प्रजातान्त्रिक रुपान्तरणको विषय पार्टी र नेतृत्व कमजोर नहुने भन्दै नेता राणाले पार्टीपंक्तिमा भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् ।
‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?’ राणाले सामाजिक संजालमा शनिबार भनेका छन्, ‘भ्रममा नपारियोस्, राप्रपामा उठेका रुपान्तरणको विषय पार्टी र नेतृत्वलाई कमजोर बनाउने विषय पटक्कै हैनन् ।’
राणाले थप अगाडि भने, ‘राप्रपामा जनभावनालाई जनमतमा परिणत गर्न सक्ने जनप्रिय नेतृत्वको आवश्यक छ । सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्न सक्ने कुशल र सबल नेतृत्वको आवश्यक छ ।’
नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले यसअघि नै राप्रपाको अध्यक्ष पदमा दाबी गरिसकेका छन् । महाधिवेशन उन्मुख राप्रपामा युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहसले व्यापकता पाएको छ ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया