आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’

भद्रपुर (झापा)- ‘युवाहरूको सशक्तीकरण : जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन हुन लागेको छ ।
भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा नगरभित्रका १६ देखि २४ वर्ष उमेर समूहका दुई सय २० जना युवा सहभागी हुने नगरप्रमुख गणेश पोखरेलले बताए । सम्मेलनमा युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि युवाहरूमा सकारत्मक उत्प्रेरणा मिल्ने नगरप्रमुख पोखरेलले विश्वास व्यक्त गरे ।
साथै विश्वव्यापी जलवायु प्रभाव, स्थानीय विकासमा युवा सहभागिता र युवा अभियानबारे युवाहरूको परिचालनको अवगत गराई स्थानीय युवा परिचालनको अवस्थामा सुधार ल्याउन सम्मेलनले सहयोग पुर्याउने नगरप्रमुख पोखरेलले बताए ।
सम्मेलनमा वैज्ञानिक, समाजिक अभियन्ता, कवि, कलाकारलगायत सम्बन्धित विषयका विज्ञहरूले प्रस्तुतीकरण गर्ने आयोजकले जनाएको छ ।

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो
_XUY13WTNDr_3ilo34xesd6taanmvwjcfbd0yddlbpzgawsevtu39pqtqozldlstzupd9dza_W8W3gTmLPz_owo5cvn2ckn2s2pojhj9edgj4u5ey27kaums3yufo7dheqcxntoph8ljo38y.jpeg)
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_GgX6jDiNfm_jnf7nz3trha8lbvlhbrp8k9utgy4j3dmewnknv3u8roq6xdzsi5r5v4wxgp0_CYuJ6xsdUJ_xwc3ctjuc8sz8lu8pzfhjixzkjv4mfhjyslnsueornaielshctfksbcmx3qs.jpg)
सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

सवारी दुर्घटनामा एक जनाको मृत्यु
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
विदेशबाट फर्केर माछा पालनमा रमाएका भोजपुरका ‘कमल’

प्रतिक्रिया