अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः चिनियाँ राष्ट्रपति

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई दुई देशबीचको सम्बन्धको बाटोलाई ‘सच्याउनुपर्ने’ बताएका छन् ।
वासिङ्टन र बेइजिङबीच व्यापार र विद्यार्थी भिसाजस्ता विषयमा विवाद भइरहेका बेला ट्रम्पको अनुरोधमा वार्ता भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति सीले अमेरिकी समकक्षी ट्रम्पलाई भने, “चीन–अमेरिका सम्बन्धको ‘विशाल जहाज’को दिशा सुधारगर्न दुवै पक्षले सही दिशा तय गर्न आवश्यक छ र सबै प्रकारका अवरोधहरू हटाउन आवश्यक छ।”
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका अधिकारीहरूले जेनेभामा भएको व्यापार वार्तालाई खतरामा पारेको आरोपप्रत्यारोप लगाएका समय भएको यो फोनवार्तामा उक्त आह्वान गरिएको हो ।
“अमेरिकी पक्षले भएको प्रगतिको यथार्थपरक दृष्टिकोण राख्नुपर्छ र चीनविरुद्धको नकारात्मक पहल फिर्ता लिनुपर्छ,’ राष्ट्रपति सीले ट्रम्पसँग भने ।
जेनेभावार्ताले ‘वार्ता र सहकार्य नै सही विकल्प हो’ भन्ने देखाएको बताउँदै उहाँले चीनले स्विट्जरल्याण्डमा भएका सम्झौताको पालना गरेको बताए ।
तर चिनियाँ राष्ट्रपतिले ट्रम्पलाई चेतावनी दिँदै स्वशासित ताइवानको विषयमा वासिङ्टनले सावधानीपूर्वक कदम चाल्नुपर्ने बताएका छन् ।
सीसीटीभीका अनुसार सीले चीन र अमेरिकालाई द्वन्द्व र मुठभेडको खतरनाक स्थितिमा धकेल्ने ‘ताइवान स्वतन्त्रता’ पृथकतावादीहरूको सानो संख्याबाट बच्न अमेरिकाले ताइवान मुद्दालाई सावधानीपूर्वक सम्हाल्नुपर्नेमा जोड दिएका थिए ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बेइजिङको सेनाले ‘वास्तविक सम्झौताका लागि पूर्वाभ्यास गरिरहेको’ र ताइवानमाथि सम्भावित आक्रमणको तयारी गरिरहेको बताएपछि चिनियाँ नेताको यो टिप्पणी आएको हो । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया