चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

काठमाडौँ- संसारभरका देशहरू आफ्नो परमाणु शक्ति बढाउन व्यस्त रहेका छन्।
इरान नयाँ आणविक धनी देश बन्न तयार भइरहेको बेला पूर्व आणविक धनी देशहरू पनि दिन प्रतिदिन आफ्नो आणविक भण्डारण बढाइरहेका छन् ।
एक जापानी थिंक ट्याङ्कको अनुमान अनुसार ९ देशको तयार आणविक हतियारको संख्या गत वर्षको तुलनामा थोरै बढेर ९ हजार ६ सय पुगिसकेको छ। उनका अनुसार रुस, अमेरिका र चीनले तिब्र गतिमा आफ्नो आणविक शक्ति बढाइरहेका छन् र आणविक हतियारको आकारको हिसाबले विश्वका तीन ठूला देश बनेका छन् ।
र, यो वर्ष मानव इतिहासमा आणविक हतियारको पहिलो प्रयोग भएको ८० वर्ष हो । तर, दोस्रो विश्वयुद्धपछि अर्को देशविरुद्ध यस्तो ठूलो विनाशकारी हतियार प्रयोग भएको छैन । यद्दपी, दक्षिण एसियाका दुई आणविक प्रतिद्वन्द्वी भारत र पाकिस्तानले गत महिनामा मात्रै यस्तो खतरा बढाउँदै सामूहिक गोलीबारीमा उत्रेका थिए ।
तर, यो खतरा घटिरहेको छैन किनभने आणविक हतियारधारी देशहरूले लगातार आफ्ना आणविक हतियारहरू बढाइरहेका छन्। हालैका वर्षहरूमा चीनले आफ्नो त्यस्ता हतियारहरू तीव्र गतिमा बढाएको छ।
रूससँग हाल सबैभन्दा ठूलो तैनाथ आणविक हतियार छ रहेको, जोसँग ४३१० वारहेडहरू छन, सन २०१८ को तुलनामा ०.८ प्रतिशत कमी हो जबकि अमेरिकासँग ३७०० रहेको थियो, जो उसको भन्दा २ प्रतिशतले कमि मात्रै हो । यसको विपरित चीनको हतियार भने १५० प्रतिशतले बढेर ६०० वारहेड पुगिसकेको जनाइएको छ ।
सबै आणविक धनी देशहरू मध्ये चीनले आफ्नो हतियारको संख्या सबैभन्दा छिटो बढाएको छ, बितेका केवल ५ वर्षमा आफ्नो हतियारमा ३६० नयाँ आणविक हतियार थपेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले देशलाई आणविक शक्तिको निर्माणलाई तीव्रता दिन आदेश दिइरहेका छन् ।
रुस बाहेक अमेरिका र चीन, फ्रान्स, बेलायत, इजरायल, भारत, पाकिस्तान र उत्तर कोरियासँग परमाणु हतियार भएको पुष्टि वा विश्वास गरिएको छ। पछिल्लो समाचार अनुसार उत्तर कोरियाले त्यस्ता हतियार तीब्र गतिमा बढाइरहेको छ।

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः चिनियाँ राष्ट्रपति

गाजामा इजरायली हमलामा १० जनाको मृत्यु

गहुँ र मकै सखाप पारेर मान्छे पनि मार्न सक्ने खतरनाक भाइरस फ्युसेरियम, चीनले …
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय

प्रतिक्रिया