डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी- मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् ।
मालिकाको रु २४ लाख ८५ हजार ५९६ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को रु ५६ लाख एक हजार ३६६ अनुदान तथा उपभोक्ताको रु २९ लाख १३ हजार १२४ को लागतमा योजना निर्माण भएको हो । वडाध्यक्ष मोतिप्रसाद बुढाले सर्वसाधारणका घरमा दुई सय २५, विद्यालयमा चार र सामुदायिक स्वास्थ्य एकाइमा एक निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको जानकारी दिए ।
उनका अनुसार डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङ टोलका दुई हजार १९ जनसङ्ख्या लाभान्वित भएका छन् । यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमा धारा बनेपछि समयको बचत, झन्झट हट्नुका साथै घरायसी कामकाज सहज भएको उपभोक्ताले बताएका छन् । खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ६० दिनका दरले श्रमदान गरेका थिए ।
पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङसमेत निर्माण भएको छ । बोक्रेमा रहेका तीनवटा मुहानबाट ११ वटा रिजर्भ ट्याङ्कीमा पानी सङ्कलन गरेर वितरण गर्ने संरचना बनाएको नेवा संस्थाका प्राविधिक सुरेन्द्र चन्दले बताए । यस आयोजनाको मुख्य र शाखा पाइपलाइनको दूरी २१ हजार ४६८ मिटर लामो छ ।

आजदेखि आयो पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा आयो

गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ

‘बसेपनि सहरः गाउँकै खाने रहर’

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार

हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

एडिबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

प्रतिक्रिया