पाँच करोड राजस्व सङ्कलन

इनरुवा (सुनसरी)- सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
चालु आवको साउनमा रु ४७ लाख ३४ हजार ४६९, भदौमा रु ६१ लाख पाँच हजार ५०२, असोजमा रु ३२ लाख ९ हजार ५३६, कात्तिकमा रु ३६ लाख ३७ हजार २०७, मङ्सिरमा रु ५२ लाख ९१ हजार ५६४, पुसमा रु ७१ लाख ६८ हजार २९८, माघमा रु ४० लाख ३२ हजार ६५५ राजस्व सङ्कलन भएको छ ।
त्यसैगरी, फागुनमा रु ४२ लाख ९५ हजार ६७२, चैतमा रु ३४ लाख ५५ हजार ५०५, वैशाखमा रु ४७ लाख एक हजार ३८७ र जेठमा रु ३५ लाख ६५ हजार ५५० गरी जम्मा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन भएको छ ।

तिलाहारमा बेठीका साथ रोपाइँ

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

प्रतिक्रिया