शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

मुम्बई- बलिउड सुपरस्टार आमिर खान र तमिल निर्देशक लोकेश कनागराज पहिलो पटक एकसाथ काम गर्ने भएका छन् ।

गत वर्षमा नै यी जोडीले एउटा पूर्ण फिल्मसहित दुईवटा फिल्ममा काम गर्ने बताइएको भए पनि अहिले टुंगोमा पुगेका हुन् ।

सामान्यतया आमिर खानले उत्पादनमा भएको फिल्मको रिलिजपछि मात्रै आफ्नो नयाँ फिल्मका बारेमा निर्णय गर्दछन् । तर यस पटक भने अभिनेताले पहिले नै पाइपलाइनमा एक जोडी फिल्महरू राखिसकेका छन् । उनी आगामी फिल्म २० जुनमा ठूलो पर्दामा रिलिज हुँदैछ, आफ्नो चलचित्र ‘सितारा जमीं पर’ को तयारीमा उनी ब्यस्त रहेको बेला यो समाचार बाहिरिएको हो ।

हालै दंगल स्टारले भारतीय सिनेमाका पिता भनेर चिनिने ‘दादासाहेब फाल्के’ को बायोपिकका लागि निर्देशक राजकुमार हिरानीसँग आफ्नो पुनर्मिलन घोषणा गरिसकेका छन् । र, अब उनले लोकेश कंगराजसँग अर्को प्रोजेक्ट कन्फर्म गरेका हुन् ।

लोकेश कनागराजसँग फिल्मको बारेमा सोध्दा अमिरले भने, ‘लोकेश र म एउटा फिल्ममा काम गर्दैछौं। यो सुपरहिरो विधाको हो। यो ठूलो स्तरको एक्सन फिल्म हो र २०२६ को दोस्रो हाफमा फ्लोरमा जानेछ।ँ

यो अफवाहहरू पनि थिए कि आमिर खान र राजकुमार हिरानीले पीकेः २ को बारेमा छलफल गरिरहेका छन र उनीहरू चाँडै सुटिङमा जाने हल्लाहरू पनि चलेको थियो । तर, उनले यसलाई अस्वीकार गर्दै यो अफवाह मात्र भएको बताएका छन् ।

यसै वर्षको अक्टोबरमा निर्माण सुरु हुने दादासाहेब फाल्केको बायोपिकपछि लोकेशको फिल्म सुरु हुनेछ ।

यसैबीच, आमिरले लोकेश कानागराजको सुपरस्टार रजनीकान्त अभिनित ‘कुली’ मा पनि केमियो रोल गरिरहेका छन्। जुन यस वर्षको अगस्ट १४ मा रिलिज हुँदैछ र यशराज फिल्म्सको ‘वार २’ सँग भिड्नेछ ।