बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले बकर ईदले नेपालको संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन तथा विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल अज्हा (बकर इद)को सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, “बहुजाति, बहुभाषा, बहुसंस्कृति र बहुधार्मिक विशेषतायुक्त नेपालमा इस्लाम धर्म एकता र राष्ट्रिय स्वाभिमानको प्रतीक रहेकाले धार्मिक सांस्कृतिक सद्भाव कायम राख्दै आपसी भ्रातृत्व र सहिष्णुतालाई थप प्रगाढ तुल्याइ हाम्रो संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन तथा विकासमा थप योगदान पुग्ने विश्वास लिएका छौँ ।”

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रधानमन्त्री ओलीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

प्रधानमन्त्री ओलीसहित २९ जना आज स्पेन जाँदै

हामी मिसन-८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछः प्रधानमन्त्री ओली

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री ओली

प्रतिक्रिया