पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा- अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ ।
मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए ।
आज बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटल पुर्याएका थिए ।
हस्पिटलका चिकित्सकहरूले बिहान ८:३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताए । हाल दुवै बालकको शव हस्पिटलमै रहेको छ ।

२५ रोपनीमा अकबरे खुर्सानी खेती गरिरहेका राई

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

नक्कली नोटसहित दुई जना पक्राउ

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
घुम्न जाउँ मिक्वाखोको लामपोखरी

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

प्रतिक्रिया