चमतीमा ध्यान पार्कको शिलान्यास, उपभोक्ताको १५ प्रतिशत योगदान

काठमाडौँ : काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार ध्यान पार्कको शिलान्यास गरेका छन् । नगरपालिकाको वडा–१५ स्थित चमती जग्गा विकास आयोजना क्षेत्रको जनमार्ग उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा शाक्यले पार्कको शिलान्यास गरेका हुन् ।
शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले आयोजनाका काम सकेर ०७८ असार मसान्तभित्र उपभोक्तालाई हस्तान्तरण गर्ने योजना कोभिडका कारण केही महिना पछि सरेको बताए ।
‘निर्वाचित भएपछि हामीले २ बर्षभित्र आयोजनाको काम सक्ने भनेका थियौँ । लक्ष्य गरेअनुसार काम पनि हुँदै थियो । त्यस बिचमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोविडका कारण केही महिना ढिला भएको छ,’ उनले भने, ‘बाँकी भएका आयोजनाका धेरै काम सकिएका छन् । उपभोक्ताको जागरुकताले प्राप्त गरेको उपलब्धीलाई उपभोक्ताकै हातमा सुम्पिन हामी अन्तिम तयारी गरिरहेका छौँ ।’
पार्क ५५ लाख २२ हजार ४२० रुपैयाँ लागतमा निर्माण हुँदैछ । यसको १५ प्रतिशत अर्थात् ८ लाख २८ हजार ३६४ रुपैयाँ उपभोक्ताले व्यहार्नेछन् । बाँकी ८५ प्रतिशत महानगरपालिकाले व्यहोर्ने छ । ०५८ सालमा सुरु भएको योजनाले ०७४ सालपछि मात्र गति लिन सक्यो । आयोजना सुरु गर्ने बेला हामीले नै निर्णय गरेर थालेका थियौँ । यसको हस्तान्तरण पनि हामी नै गछौँ । कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले भने, ‘हामीले हाम्रो जिम्मेवारी पूरा गर्दैछौँ । यसको दिगो व्यवस्थापनको जिम्मा स्थानीय उपभोक्ताहरुकै हुन्छ ।’
महानगरको पूर्वाधार विकास विभागका प्रमुख राम थापाकाअनुसार करीव १४ आना जग्गामा पार्क निर्माण हुनेछ । मौलिक र परम्परागत शैलीमा निर्माण हुने पार्कभित्र प्रवेश गरेपछि आध्यात्मिक भाव पैदा हुने खालको बनाइनेछ । चमती जग्गा विकास आयोजनाका प्रमुख रामबाबु महतोकाअनुसार यस क्षेत्रमा १४ प्रतिशत उपभोक्ताको मात्र जग्गा फिर्ता दिन बाँकी छ । पूर्वाधार विकास गर्ने अन्तिम चरणमा छ ।
टोलमा आध्यात्मिक पार्क निर्माण भए पनि सामाजिक अपराधमा कमी आउने अपेक्षा छ । कार्यक्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मिलन के. सी. को धारणा थियो । पार्क आगामि माघ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया