'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

सराजेवो- संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा एल्युमिनियममा ५० प्रतिशतसम्मको भन्सार शुल्कवृद्धिले विश्व व्यापारमा असन्तुलन र अविश्वास बढ्न सक्ने चिन्ता एक वरिष्ठ अर्थविश्लेषकले व्यक्त गरेका छन् ।
बोस्निया हर्जेगोभिनाका आर्थिक विश्लेषक गावरान इगोरले अमेरिकाको पछिल्लो निर्णयले बहुपक्षीय व्यापार प्रणालीलाई कमजोर पार्ने भन्दै यस्तो एकपक्षीय कदमले दीर्घकालीन रूपमा सबै देशहरूलाई असर गर्ने चेतावनी दिए । उनले भने, “यस प्रकारका एकतर्फी नीतिहरूले आपसी विश्वासलाई खल्बल्याउँछ र साझेदार देशहरूलाई समकक्षको रूपमा नभई अधीनस्थको रूपमा व्यवहार गरिएको महसुस गराउँछ ।”
उनले निष्पक्ष, पारस्परिक सहयोग र आपसी लाभमा आधारित विश्वव्यापी व्यापार प्रणालीको आवश्यकता औंल्याउँदै यस्ता कार्यहरूलाई ‘आर्थिक दबाब’ तथा ‘अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन’ को रूपमा व्याख्या गरे ।
बोस्नियाको अर्थतन्त्र मुख्यतः युरोपेली आपूर्ति श्रृङ्खलासँग जोडिएको बताउँदै उनले नयाँ भन्सार नीतिको प्रत्यक्ष असर रक्षा तथा धातुजन्य निर्यात उद्योगहरूमा पर्न सक्ने उल्लेख गरे । अमेरिकामा हुने बोस्नियाली निर्यातमध्ये ६० प्रतिशतभन्दा बढी रक्षा क्षेत्रमा केन्द्रित रहेको र हाल ती सामानमा ३५ प्रतिशतसम्म शुल्क लाग्ने भएको जानकारी दिए ।
उनले अन्त्यमा साना अर्थतन्त्र भएका मुलुकहरूको हितका लागि निष्पक्ष, स्थिर र बहुपक्षीय व्यापार संरचना विकास गर्न विश्व समुदायले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । (सिन्ह्वा)

मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन : ट्रम्प

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_4ZwgpMret7_0cetarhytlmojyoqp2x3hmevqirvlqgd8oyw71ytkkahtk7rxpz5uhr1dwtx.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया