आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

काठमाडौं- विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगन भएको छ । अर्को बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ । सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु भएको घोषणा गरे लगत्तै विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका हुन् ।

सभामुखले पटकपटक सदनमा अवरोध नगर्न आग्रह गरे पनि विपक्षीले नमानेपछि बैठक स्थगन गरिएको हो ।