बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

मकवानपुर- बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न १ बजे बस्दैछ । प्रदेशसभा सभामुख भुवनकुमार पाठकले उक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक सर्वेक्षण (कर राजस्वबाहेक) प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि पूर्ण छलफल गरिने बताए ।
उनले आगामी असार १ गते बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले सरकारको वार्षिक २०८२/८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिए । प्रदेशसभाको गत जेठ २१ गतेको बैठकबाट सरकारको २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको थियो ।

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

संसदको गतिरोध खुलाउने विषयमा दलहरुबीच सकरात्मक छलफलः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया