मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

खाँदबारी- खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल मनकामना धाममा हालसम्मकै ठुलो तौल भएको ऐतिहासिक घण्टी चढाइएको छ। अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ र उहाँकी पत्नीले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा २१६ किलोग्राम तौलको उक्त भव्य घण्टी मन्दिरमा समर्पण गरेका हुन् ।
खाँदबारीमै जन्मनुभएका श्रेष्ठ दम्पतीले काठमाडौँका प्रसिद्ध शिल्पीकार मार्फत कलात्मकता झल्किने घण्टी तयार गराएका हुन् । घण्टीसँगै आकर्षक काठको घण्टाघरसमेत निर्माण गरिएको छ । करिब ३४ लाख रूपियाँ लागतमा निर्माण भएको उक्त घण्टी र घण्टाघर मनकामना मन्दिर परिसरमा हालसम्म स्थापना गरिएका सामग्रीमध्ये सबैभन्दा ठुलो र भव्य मानिएको छ।
मन्दिरका पुजारी सूर्यप्रसाद कट्टेले श्रेष्ठ दम्पतीले चढाएको घण्टी जिल्लाकै सबैभन्दा ठुलो रहेको बताए । उनले भने , “मन्दिरमा रहेको घण्टी महिलाका गहनाजस्तै हो, यो घण्टी विशिष्ट आकार, कलात्मक निर्माण र आध्यात्मिक महत्त्वका कारण दर्शनार्थी तथा भक्तजनको आकर्षणको केन्द्र बन्नेछ।” श्रेष्ठ दम्पती हाल अमेरिकामा स्थायी बसोबास गर्दै आए पनि जन्मभूमिप्रतिको गहिरो श्रद्धा र धार्मिक आस्थाले प्रेरित भई यस्तो पुण्य कार्यमा सहभागी भएको बताइएको छ।
स्थानीयवासी तथा भक्तजनहरूका अनुसार, मनकामना मन्दिरमा गरिएको यस्ता धार्मिक योगदानहरूले मन्दिरको गरिमा झनै बढेको छ । जनविश्वास अनुसार, पवित्र मनकामना मन्दिरमा श्रद्धापूर्वक पूजा अर्चना गर्दा भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ।

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

प्रतिक्रिया