बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका–३ दमौली घर भएका ५१ वर्षीय सुर्य नारायण श्रेष्ठ र काठमाडौं तारकेश्वर नगरपालिका–२ वसन्त कोलोनी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेका सुर्यनारायणलाई ललितपुर महानगरपालिका–२७ सुनाकोठी र सानुमायालाई काठमाडौं तारकेश्वर नगरपालिका–२ वसन्त कोलोनीबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ मध्ये सुर्य नारायणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके नेपालगंज र सानुमायालाई प्रहरी वृत्त गौशाला पठाइएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

प्रतिक्रिया