एमालेको ठूलो हिस्सा मिलाएर शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने प्रयासमा दाहाल
नेता नेपालको जोड भने पार्टी मिलाउने मै

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाका सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यतिबेला एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहसँगै सहकार्य गरेर नेपाल कम्युनिस्ट पार्टी बनाउन प्रयास गरिरहेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चरम दक्षिण पंथीको संज्ञा यसअघि नै दिइसकेका छन् । तसर्थ ओली बाहेकका कम्युनिस्ट सहकार्यको खाका अघि बढाएका हुन् ।
त्यही अनुरुप उनले नेता नेपालसँग लगातार छलफल गरिरहेका छन् । उनकोमा अन्य माओवादी नेताहरू डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्दलगायतले पनि बैठक गरिरहरेका छन् । यो सबै धार मिलाएर एमालेको पनि अधिक हिस्सा लिएर अघि बढ्ने चाहना दाहालले देखाएका छन् ।
नेपाल निकट एक नेताका अनुसार दाहालले एमाले फुटाउने भन्दा पनि एमालेको ठूलो खेमा लगेर कम्युनिस्ट एकता गर्दै अघि बढ्ने चाहना देखाएका हुन् । उनले ओलीलाई एक्लो पार्दै अन्य कम्युनिस्ट एक भएर आगामी निर्वाचनमा जाने गरी आफू अघि बढेको जानकारी दिएका छन् । दाहालले सार्वजनिक रूपमा नै ओली बाहेक सबै कम्युनिस्ट एक भई अघि बढ्ने बताएका छन् ।
यतिबेला ओलीले नेतृत्व गरेको एमालेका २३ सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनिसकेका छन् । उनलाई ति सांसद्ले साउन सात गते विश्वासको मत दिन पनि पर्ने देखिन्छ । अन्यथा सर्वोच्च अदालतको मानहानी गरेको ठहरिनेछ । यही सिलसिलामा नेपाललाई भेट्न दाहाल कोटेश्वर पुगिरहेका छन् ।
शनिबार पनि उनी कोटेश्वर पुगेर नेता नेपालसँग लामै छलफल गरे । त्यहाँ धेरेको अडकल विश्वासको मतको विषयमा थियो तर त्यसमा मत दिन पर्ने स्पष्ट नै छ भन्दै त्यसबाहेकका अन्य सहकार्यमा छलफल भएको एक नेताले बताए । उनले करिब डेढ घण्टा नेपालसँग कोटेश्वरमा छलफल गरेका थिए ।
दुई खेमामा विभक्त एमालेको पूर्ववत कार्यदलका सदस्यहरूबीच सिंहदरबारमा वार्ता भएको केहीबेरमा दाहाल कोटेश्वर पुगेका थिए । यता कार्यदलको बैठक बस्ने र उता सत्तारुढ पाँच दलको बैठकमा नेपाल उपस्थित नहुने गरेपछि दाहाल त्यहाँ पुगेका हुन् । यद्यपि नेपालले आफ्ना प्रतिनिधि भने पाँच दलको बैठकमा पठाइरहेका छन् ।
एमालेको शुक्रबार बसेको स्थायी समिति बैठकले असार २७ मा जुटेको १० बुँदे सहमतिलाई अनुमोदन गरेको भए पनि त्यसलाई नेपालले स्वीकार गरेका छैनन् । त्यो १० बुँदे अनुमोदनसँगै एमाले मिलाउन जेठ २ मा गठित कार्यदललाई पनि शुक्रबार बसेको स्थायी समिति बैठकले विघटन गरिदिएको थियो ।
कम्युनिस्ट सहकार्यको अलवा आइतबारदेखि सुरु हुने प्रतिनिधि सभा बैठक, त्यसमा प्रस्तुत हुने सम्भावित रणनीति र देउवा नेतृत्वको सरकारमा नेपाल पक्ष सहभागी हुने विषयमा पनि कुराकानी भएको दाहाल निकट एक नेताले जानकारी दिए । दाहालले यस्तो प्रयास गरिरहदा नेता नेपाल भने एमाले मिलाउन बढी लागिपरेका छन् । सोही कारण नेपाल यतिबेला सत्तामा जान आकांक्षा देखाएका छैनन् ।
एक प्रकारको राजनीतिक अडान राखेर आफूलाई समकालिन भन्दा माथिल्लो हाइटमा लगिसकेका नेपालले आगामी दिनमा कसरी आफूलाई प्रस्तुत गर्छन् त्यो हेर्न बाँकी छ । यद्यपि असार २८ को सर्वोच्चको परमादेशपछि सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष ओलीले अब नेता नेपालका लागि पार्टीमा कुनै स्थान नरहेको सार्वजनिक रूपमै बताउँदै आएका छन् ।
एमालेका केही नेताहरू पार्टीलई माया गरेर भन्दा पनि आफ्नो भविष्य हेरेर पार्टी मिलाउने प्रयास गरिरहेका छन् । उनीहरू अधिकले ढुलमुले नीति लिएका छन् । जसले गर्दा उनीहरू अहिले के गर्ने भन्नेमा आफै अन्योलमा छन् । देउवा दलको समर्थनमा भन्दा पनि बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री भएकाले आफूलाई त्यही अनुरुप अघि बढाउन लागिरहेका छन् ।
पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवालाई त्यो पदमा टिकाउन एमाले नेता नेपाल समूह निर्णायक छ। नेपाल पक्षमा रहेकाले पार्टीको ह्विपलाई स्वीकार नगरी भोट दिएमा मात्रै देउवा नेतृत्वको सरकार टिक्छ । केही सांसद विरामी नै परेको वाहानामा अनुपस्थित भए पनि देउवालाई विश्वासको मत पुग्ने गठबन्धनको विश्लेषण छ । उनले विश्वासको मत पाएमा डेढ वर्ष ढुक्कले सरकार चलाउनेछन् । नपाए निर्वाचनमा जानुपर्ने आवस्था छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया