सम्पादकसहित पाँच जनाविरूद्ध मुद्दा

काठमाडौँ- विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी लिए/दिएको भन्दै पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीसँगै तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराईं पोष्टका प्रतिनिधि ओमप्रकाश यादव, जनसवाल पब्लिकेशन प्रालि तथा उक्त कम्पनीका सम्पादक रामजी बगाले र तराईं पोष्टका प्रकाशक रूपेन्द्र पटेलविरूद्ध मुद्दा दायर भएको हो।
फतुवा विजयपुर नगरपालिका-४ मा कृषकहरूलाई औषधि स्प्रे ट्यांकी वितरणमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गर्दा नगरपालिकाले आ.ब २०७८/०७९ मा कृषकहरूका लागि वितरण गर्न स्प्रे ट्यांकी खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको दाबी गरेको थियो।
आह्वानका लागि पालिकाले जनसवाल राष्ट्रिय दैनिक पत्रिकालाई पत्राचार गरिएको थियो। पत्रिकालाई २०७८ माघ १८ गते पत्राचार गरेको र माघ २० गते सूचना प्रकाशन गरेको भनिएको थियो। फागुन २७ मा तराईं पोष्टमा बोलपत्र स्वीकृत भएको आशयको सूचना प्रकाशित भएको भनिएको थियो।
अख्तियारले यसबारेमा प्रेस काउन्सिल नेपाललाई पनि सोधेको थियो। काउन्सिलले जनसवाल राष्ट्रिय दैनिक पत्रिका र तराई पोष्ट दुबैमा सूचना प्रकाशन भएको नदेखिएको भन्दै अख्तियारलाई पत्र लेखेको थियो।

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद, २ करोड ३० लाख जरिवाना

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

प्रतिक्रिया