एभरेष्ट बैंक एनपीएस नेशनल कार्ड स्विच तथा नेपाल के कार्डमा आवद्ध
काठमाडौँ- एभरेष्ट बैंक र एनसीएचएलबीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङज्यू तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गर्नु भएको हो ।
एनसीएचएलले हालै NPS–NCS को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल के कार्डइस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु NPS–NCS र नेपाल के कार्डमा आवद्ध भइरहेका छन् । NEPALPAY पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एभरेष्ट बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
NPS–NCS लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च

प्रतिक्रिया