दुर्गम क्षेत्रमा शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन

भोजपुर- भौगोलिक रूपमा विकट रहेका साल्पासिलिछो गाउँपालिकाका दुई वडामा घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिएको छ।
इलाका प्रशासन कार्यालय दिङ्लाले दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा दिन सामाजिक सुरक्षा भक्ता लिँदै आएका वृद्धवृद्धा तथा अशक्त नागरिकलाई लक्षित गरेर घुम्ती शिविरमार्फत विवरण संकलन गरेको हो।
साल्पासिलिछोको दुर्गम क्षेत्र वडा नं ५ र ६ दाभानेका ३५५ जनाको वितरण संकलन गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले जानकारी दिए। यही जेठ २३ गतेदेखि चार दिनसम्म शिविर सञ्चालन गरेर विवरण संकलन गरिएको उनको भनाइ छ।
‘घुम्ती शविरिमार्फत दुर्गम क्षेत्र दोभानेका नागरिकको राष्ट्रिय परिचयपत्रको वितरण संकलन गरेका छौं,’ प्रमुख अधिकारीले भने, ‘यो क्षेत्र भौगोलिक रूपमा निकै विकट रहेकाले शिविरमार्फत घरदैलोमै पुगेर सेवा प्रदान गरेका हौं, यसले ज्येष्ठ नागरिक र अशक्त नागरिकलाई ठूलो राहत पुगेको छ।’

कौरा संरक्षण गर्न प्रतियोगिता

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

बाढीले दुम्किवासमा ‘डाइभर्सन’ बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

तुलाले आँटेको काममा सफलता पाउने, कुम्भलाई नयाँ कामको थालनी गर्ने मौका

दिलभूषण पाठकलाई खोज्दै घरमा पुग्यो प्रहरी

निकुञ्जले हुर्काएको अर्को गैडा पनि सदर चिडियाखानामा

श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन

प्रतिक्रिया