एमजीले नेपालमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

एमजी गाडीको नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । आधुनिक शहरी जीवनशैलीलाई मध्यनजर गरी डिजाइन गरिएको इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस छ ।
एमजीको बिको डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट क्षमता छ र बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस छ । ५०:५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, शहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउँछ ।
गाडीमा रियर पार्किङ क्यामेरा र शहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि अपग्रेड गरिएको छ । यसैगरी, फास्ट चार्जिङ साढे ३ घण्टामै शून्यबाट १०० प्रतिशत चार्ज हुन्छ । कमेट इभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेल साथ आउने लिथियम आएन ब्याट्री जडित छ, जसले एकपटक चार्ज गर्दा अराइ प्रमाणित २३० किलोमिटरसम्मको रेन्ज दिन्छ । आइपी ६७ रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ । र, ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ ।
कमेट इभीमा १०.२५ को डुअल स्क्रिनको सुविधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ । इभी ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटर र हाइ-भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी छ ।
एमजीका सेवा केन्द्र काठमाडौं (कुसुन्ती, सुकेधारा), भक्तपुर, विराटनगर, विर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगञ्ज, नेपालगञ्ज र धनगढीजस्ता नेपालका प्रमुख क्षेत्रमा उपलब्ध छन् । चार्जिङ स्टेसन काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केवरमा सञ्चालनमा छन् ।

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

टीभीएस मोटर र जगदम्बा मोटर्सले १०० रूख रोप्दै विश्व वातावरण दिवस मनाए

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न, प्रिन्स पटेल विजयी

होण्डाद्वारा ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम सञ्चालन हुने

छिट्टै नयाँ मोडेलहरू सार्वजनिक गर्दै सेरेस, नेपालमा आफ्नो उपस्थिति पुनः पुष्टि…

प्रतिक्रिया