खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते
खार्किभ, युक्रेन- रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा बुधबार बिहान बिहानै गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । घाइतेहरूमा बालबालिका पनि परेका छन् ।
युद्ध सुरु भएको तीन वर्ष बितिसक्दा पनि रुसले दैनिक रूपमा आक्रमण तीव्र बनाउँदै गएको छ । उसले युद्ध रोक्न युक्रेनसँग कठोर सर्तहरू अघि सारेको छ, जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ । खार्किभ सहर, जुन रुसको सिमानाबाट झन्डै ३० किलोमिटर टाढा छ, बारम्बार आक्रमणको केन्द्र बन्दै आएको छ।
रातभर १७ पटक आक्रमण
खार्किभका नगर प्रमुख इगोर तेरेखोभले जानकारी गराउँदै भने, “यस रात दुई वटा क्षेत्रमा १७ पटक आक्रमण भएको छ ।”
प्रान्तीय प्रमुख ओलेग सिनेगुबोभले तीन जनाको मृत्यु भएको पुष्टि गरे । घटनास्थलमा रहेका पत्रकारहरूले जलिरहेका सवारी साधन, क्षतिग्रस्त भवनहरू र बाटोभरि छरिएका टुक्रा देखेका छन् ।
स्थानीय बासिन्दा ओलेना खोरुजेभाले आफ्ना दुई सन्तानसहित झ्यालबाट टाढा भागेर भित्ताको छेउमा लुकिएको बताए । “सानो छोराले जमिनमा लम्पसार परेर टाउको छोपेको थियो, म उसलाई ढाकेर बसेको थिएँ,“ उनले भने ।
शान्ति वार्ता निष्क्रिय
शान्ति वार्ताको प्रयास हाल निष्क्रिय छ । दुई देशबीच भएका दुई चरणका वार्ता सफल हुन सकेनन् । रुसले बिना सर्त युद्ध रोक्ने प्रस्ताव अस्वीकार गर्दै युक्रेनले आफ्नो भूमि छाड्नुपर्ने र सैन्य संगठनमा नजाने प्रतिबद्धता जनाउनुपर्ने सर्त अघि सारेको छ ।
युक्रेनी राष्ट्रपतिले अन्तर्राष्ट्रिय समुदायलाई रुसमाथि थप कडा आर्थिक दबाब दिन आह्वान गरे । साथै, युक्रेनले रुसका केही क्षेत्रमा प्रतिआक्रमणस्वरूप मानवरहित हवाई साधन प्रयोग गरेको बताइएको छ । यसैबीच, दुबै पक्षले सयौँ बन्दीहरू साटासाट गरेका छन् र मृत सैनिकहरूको शव पनि फिर्ता गरिएको छ ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया