के-के छ मन्त्रिपरिषद् बैठकको निर्णय ?

काठमाडौँ- सरकारले नेपाल–चीनबीचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको बैठकमा सहभागी हुन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत)को ल्हासामा आयोजना हुने व्यापार सहजीकरण समितिको १३ औँ बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले असार १० देखि १२ गतेसम्म चीनको बेइजिङमा हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड आफ गभर्नसको बार्षिक बैठकमा सहभागी हुन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई स्वीकृति दिने निर्णय गरेको छ .
यस्तै निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । बैठकले नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तह अतिरिक्त स्वास्थ्य सचिव पदमा डा. केशर बहादुर ढकाल र डा श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल गुणस्तर(प्रमाणपत्र) तेश्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएका प्रवक्ता गुरुङले बताए ।
त्यस्तै प्रवक्ता गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग अनुचित भएको भन्दै छानविन समिति बनाउने बिषयमा छिटै सहमति हुने बताए । छानविन समिति कै बिषयमा दलहरुबीच छलफल भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले बजेट सम्बन्धी छलफल प्रक्रियालाई अगाडि बढाउन आफुहरुले आग्रह गरेको धारणा राखे
त्यस्तै उनले प्रधानमन्त्रीले भनेको झोले शव्दलाई अपव्याख्या नगर्न पनि आग्रह गरे ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया