निकुञ्जले हुर्काएको अर्को गैडा पनि सदर चिडियाखानामा

काठमाडौँ- चितवन राष्ट्रिय निकुञ्जले सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ ।
दुई वटा गैंडा ल्याउने वन तथा वातावरण मन्त्रालयको निर्णयानुसार करिब ३० महिनाको पोथी गैंडा (पुजा)लाई बुधबार सदर चिडियाखाना ल्याइएको हो । केहि दिनअघि २३ महिनाको एउटा भाले गैंडा (माइला) लाई सदर चिडियाखाना ल्याइएको थियो ।
पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो ।
जैविक विविधता संरक्षण केन्द्र सौराहामा गैडाको हेरचाह गर्दै आउनुभएका लाल बहादुर महतराले आफुले हुर्काएका ६ वटा गैडा मध्ये दुई वटा सौराहा, दुई वटा कोशी र दुई वटालाई चिडियाखानामा ल्याइएको बताए ।
पुजालाई यसअघि नै माइलासंगै ल्याउने तयारी गरेपनि खोरमा जान नमानेपछि छुट्टाछुट्टै ल्याइएको महतराले बताउनुभयो । यससंगै अव सदर चिडियाखानामा गैंडाको संख्या तीन पुगेको छ ।

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चट्याङ लागेर बालकको मृत्यु

वडा कार्यालयका लागि निःशुल्क जग्गा प्रदान

गोली चलाएर अभियुक्त नियन्त्रणमा

‘सिआइबी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ’

सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

कैलालीका १८ स्थानमा जलमापन केन्द्र

प्रतिक्रिया