तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

सिमकोट (हुम्ला)- यहाँको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन् । यही जेठ २६ गते पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बुबा देवी सिंहले बताउनुभयो । विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहले बताए ।
परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उनले बताए ।
बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरीचौकीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए । बेपत्ता बालिका कर्णाली माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत थिइन् ।
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

प्रतिक्रिया