संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

रामपुर (पाल्पा)- धर्म संस्कृति जगेर्नाका लागि कर्मकाण्डसम्बन्धी ज्ञान तथा सीप सिकाइएको छ । कर्मकाण्डबारे औपचारिक अध्ययन गर्ने व्यक्ति हिजोआज कम हुँदै जादा अबका दिनमा हिन्दू धर्मअनुसार जन्मदेखि मृत्युपर्यन्त सम्मका कार्यमा अप्ठ्यारो हुने स्थिति नआओस् भनेर रामपुरमा कर्मकाण्डका ज्ञान सीप सिकाउन थालिएको हो ।
हिन्दू धर्मअनुसार हुने विभिन्न कर्मकाण्ड र संस्कारको जगेर्ना गर्दै समुदायका व्यक्तिलाई जानकारी गराउन ब्राह्मण समाज नेपालको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरी सीप प्रदान गरिएको छ ।
कर्मकाण्ड, पितृकार्य, देवकार्य, यज्ञ पवित, जनै बनाउन, कुशका औँठी, मटक बनाउन सिकाइएको ब्राह्मण समाज नेपाल रामपुरका अध्यक्ष हरिप्रसाद खनालले बताउनुभयो । हिन्दू धर्म संस्कारअनुसार मानव जन्मदेखि मृत्यु पर्यन्तसम्म विभिन्न कर्मकाण्ड गर्नुपर्ने, पूजापाठ लगायतका धार्मिक क्रियाकलाप गरिने भएकाले पछिल्लो समय कर्ममकाण्ड गर्ने पूरोहित कम हुँदा समस्या निम्तिन थालेकाले कर्मकाण्डका बारेमा तालिम आयोजना गरी जानकारी दिन थालिएको उनी बताउँछन् ।
यहाँ १० दिनसम्म चलेको तालिममा नगरपालिकाभित्रका महिला र पुरुष गरी १०६ जना सहभागी थिए । नगर प्रमुख रमणबहादुर थापाले धर्म संस्कृतिले व्यक्तिलाई अनुशासनमा राख्ने हुँदा यसबाट राम्रा कुराको अनुशरण सबैले गर्नुपर्ने बताए । नगरपालिकाले धर्म संस्कृति जगेर्नाका लागि विभिन्न कार्यक्रममा जोड दिएको नगर प्रमुख थापा बताउँछन् ।
“रामपुर नगर क्षेत्रमा रहेका विभिन्न धर्म संस्कृतिलाई जोगाउन नगरपालिकाले यहाँका विभिन्न कला संस्कृतिलाई जीवन्तता राख्न डकुमेन्ट्री तयार पारेर राखेको छ, यहाँ बसोबास गर्ने विभिन्न धर्मावलम्बी तथा समुदायको माग र आवश्यकताको आधारमा नगरले विभिन्न गतिविधिका लागि सहयोग गर्दै आइरहेको छ”, नगर प्रमुख थापाले भने ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया