शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

दिलभूषण पाठकलाई खोज्दै घरमा पुग्यो प्रहरी

काठमाडौँ- पत्रकार दिलभूषण पाठकलाई खोज्दै प्रहरी उनको घरमा पुगेको छ । बुधबार दिउँसो पाठकलाई खोज्दै प्रहरीहरू उनको घर धुम्बाराहीस्थित पुगेको हो ।

तर प्रहरी पाठकको घर पुग्दा उनी भने त्यहाँ थिएनन् ।

नक्सालस्थित हिल्टन होटलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रराष्ट्रमन्त्री आरजु राणा देउवापुत्र जयवीरको लगानी तथा कारोबारबारे एउटा भिडियो कन्टेन्ट बनाएका थिए । उक्त भिडियोको विषय जयवीरले उजुरी दिएपछि पाठकविरूद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भएपछि अहिले सञ्चारकर्मी तथा सरोकारवालाहरूले विरोध जनाएका छन् । सञ्चारकर्मी तथा राजनीतिकर्मीले अहिले सरकारको शैली पत्रकारविरुद्ध तथा प्रेस स्वतन्त्राको हनन भएको भन्दै विरोध जनाउन थालेका छन् ।

र, यो पनि