शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

नेपाल पर्वतीय पर्यटन आकर्षक गन्तव्यः मन्त्री राई

काठमाडौँ- रक्षामन्त्री मानवीर राईले नेपाल पर्वतीय पर्यटनका लागि सुन्दर र आकर्षक गन्तव्य भएको बताए । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि मन्त्री राईले नेपालमा पर्वतीय पर्यटनको अथाह सम्भावना र आर्कषक गन्तव्य भएको बताए।

“नेपाल सुन्दरता र पर्यटकीय दृष्टिकोणले निकै आर्कषक गन्तव्य हो,” मन्त्री राईले भन्नुभयो, “कतिपय स्थानमा म पुगेको पाएको छैन, तस्बिी हेर्दा आफँै पुगेजस्तो लाग्यो पर्यटकको आकर्षक गन्तव्य, प्राकृतिक सुन्दरता र सम्भावना तबस्बरमा झल्किन्छ ।”

मन्त्री राईले नेपालमा केही सम्भावना छैन भन्ने समूहलाई तस्बिरले धेरै सम्भावना देखाएको उल्लेख गरे । उनले भने, “नेपालमा केही छैन भन्ने प्रचार पनि गराउन खोजिएको छ, नेपालमा पर्वतीय पर्यटनका क्षेत्रमा धेरै सम्भावना छ ।

मुलुकमा गणतन्त्रको स्थापना भएपछि सदरमुकासम्म पुगेको सडक अहिले हरेक गाउँपालिका पुगिरहेको र सूचना प्रविधिको राम्रो विकास भइरहेको उनको भनाइ थियो । “प्राकृतिक हिसावले निकै सुन्दर छ, नेपाल बस्नका लागि अत्यन्तै सुन्दर देश हो, जाडो मन पराउनेलाई चिसो, गर्मी मन पर्नेलाई गर्मी यही छ,” मन्त्री राईले भने, “सरकारले विकासका लागि पर्यटन प्रवर्द्धनमा राम्रो प्रयत्न गरेको छ, हिमाल, ताल, गुम्वा, ऐतिहासिक गाउँ, बहुभाषी, बहुजाती भएको देश हो ।”

मन्त्री राईले जलवायु परिर्वतनले नेपालमा ठूलो असर पारेको र त्यसका दोष विकसित देशको भएको बताए । “मुलुकको सम्भावना देखाउन राससले आयोजना गरेको तस्बिर प्रदर्शनीमार्फत जे प्रयास गरिहेको छ, यो देश र जनताको हितमा काम गरिरहेको छ,” मन्त्री राईले भने, “नेपालमा पर्याप्त सम्भावना छ भनेर प्रष्ट तस्बिरमा देखाएको छ ।”

यसअघि आजै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा अध्ययनरत ४० जना  विद्यार्थीले तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् । अवलोकनपछि उक्त प्रतिष्ठानका टसि शेर्पाले राससले मुख्य काम समाचार सम्प्रेषणका साथै मुलुकका प्राकृतिक सम्पदाको प्रचारप्रसारका लागि आयोजना गरेको तबस्बर प्रदर्शनी प्रशंसनीय भएको बताए ।

 सो प्रतिष्ठानमा अध्ययनरत छात्रा जेनिफर न्यौपानेले नेपालका प्राकृतिक पर्यटकीय गन्तव्यको प्रचारप्रसारले मुुलुकको समृद्धिको टेवा पुग्ने बताए । सोही प्रतिष्ठानमा अध्ययनरत छात्र साइरस कार्कीले पर्यापर्यटनको प्रचारप्रसारमा यस तस्बिर प्रदर्शनीले योगदान गर्ने बताउँदै आगामी दिनमा डिजिटल माध्यमबाट समेत प्रचार गर्नुपर्नेमा जोड दिए । 
---