प्रचण्ड र नेपालबी भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थीत माओवादी दलको कार्यालयमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र संसदको गतिरोधका बिषयमा छलफल भएको नेताहरुले जनाएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताए ।
त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिए। उनले बिपक्षी लगायत अन्य दलहरुसंग छलफल गरेर आवश्यक निर्णय हुने बताए ।
सदनको गतिरोध खुलाउन माओवादीको दुई बुँदे ड्राफ्टमा समाजवादीले समेत सहमति जनाएको छ । भेटवार्तामा माओवादी उपमहासचिव बर्षमान पुन, शक्ति बस्नेत, हितराज पाण्डे र समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरु समेत सहभागी थिए ।
((

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया