प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बोलाइएको छ।
प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरे पछि आजसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए ।
बैठकमा मुख्यतयाः उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।
प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गतेदेखि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् । उनीहरूले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानविन समिति बनाउनुपर्ने मुख्य माग राखिराखेका छन्। तर, सत्ता पक्षले भने अझै यसलाई स्विकार नगरेपछि संसद बैठक प्रभावित हुँदै आएको छ।

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रतिक्रिया