मातृभाषा संरक्षणमा चूनौति भएकाले आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका बिभिन्न जातजाती राष्ट्रको पहिचान भएको बताएका छन् ।
शुक्रबार ललितपुरमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले राजनीतिक परिवर्तनपछि छोटो समयमा नै राष्ट्रको पहिचान जातीको रुपबाट स्थापीत गर्न सफल भएको बताएका हुन् ।
उनले विभिन्न जातजातीका मातृभाषा संरक्षणमा चूनौति देखापरेकाले यसको संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्ने धारणा राखे । अन्तर्राष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्ताबेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुने उनले बताए ।
सभामुख घिमरेले देशका १२४ जातजातिका साथै लोपोन्मुखको संरक्षणका लागि काम भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सभामुख घिमिरेले सूचनाको हक, वाक स्वतन्त्रताको हकका साथै प्रेसलाई व्यवहारिक बनाउने सन्दर्भमा आएका कानूनलाई व्यवहारिक रुप दिनुपर्ने उल्लेख गरे।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया