विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल विधुत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन उद्घाटन गर्दै कोइरालाले विद्युत प्राधिकरणको बक्यौता छिटो भन्दा छिटो उठाउनुपर्ने बताएका हुन् । बक्यौता उठाएन भने प्राधिकरण र देशको अवस्था नाजुक हुने उनले बताए । उठाउनुपर्ने पैसा चाहिँ नउठाउने अनि प्राधिकरण धराशायी हुँदैछ भन्ने कुरा गलत भएको उनको भनाइ छ ।
प्राधिकरणले व्यवसायीक घरानाबाट कम्तीमा पनि २३ अर्ब उठाउनुपर्ने देखिएको उनले बताए । कोइरालाले भिजिट भिसामा विदेश जाने नागरिकसंग अध्यागमनका पैसा माग्नुपर्ने कुनै कारण नभएको उल्लेख गरे । देशभित्र रोजगारीका अवसर सिर्जना गर्न नसकेको अवस्थामा खुलमखुला भिजिट भिसामा जान दिनुपर्ने कोइरालाले बताए ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत ऐन चाँडो संसदबाट पास हुने चरणमा रहेको बताउँदै मुलुकको आवश्यकतालाई हेरेर सरकारले आफ्ना निकायलाई परिस्कृत गर्दै लैजाने बताए । उनले समेत माथिको अधिकार सबै नागरिकको बराबर हुने भएकाले गरिब तथा विपन्न नागरिकलाई जलविद्युत शेयरमार्फत समृद्ध बनाउन सरकार लागिरहेको बताए ।
मन्त्री खड्काले वजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि उर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिए । सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न प्राधिकरणका कर्मचारीको ठूलो मेहनत आवश्यक रहेको उनले बताए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया