आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको पाइला

काठमाडौँ- कर्णाली प्रदेशको आवाज उठाउन एक युवाले खाली खुट्टा नै कर्णालीबाट काठमाडौँसम्म पैदल यात्रा गरिरहेका छन् । सुर्खेतका नवराज बोहोराले कर्णालीदेखि नै खाली खुट्टा नै पैदल यात्रा गरिरहेका हुन् ।

गरिबी, शिक्षा अभाव, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै जेठ ४ गतेदेखि बालुवाटारसम्मको पैदल यात्रा गरिरहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

गएराति यात्राको २७औं दिनमा धादिङको गजुरी आइपुगेको बताएका छन् ।

उनले अनियमितता र भ्रष्टाचारविरुद्ध खाली खुट्टा खबरदारी अभियान चलाएको उल्लेख गरेका छन् ।