टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

काठमाडौँ- इंग्लिस क्लब टोटनहमले नयाँ प्रशिक्षकमा थोमस फ्रान्क नियुक्त भएका छन् ।
टोटनहमले यसअघि बर्खास्तीमा परेका एन्जे पोस्टेकोग्लोउको स्थानमा फ्रान्कलाई ३ वर्षका लागि सम्झौता गरी नियुक्त गरेको हो ।
“हामी एक सफल र सिर्जनशील प्रशिक्षकलाई नियुक्त गर्दैछौँ । उनले आफैँलाई सफल प्रशिक्षकको रूपमा प्रमाणित गरिसकेका छन् । हामीले उनीलाई आगामी सिजनदेखि टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिने निर्णय गरेका छौँ,” टोटनहमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
खासमा ५१ वर्षीय फ्रान्कले यसअघि सन २०१८ ब्रेन्टफोर्डको प्रशिक्षकको रूपमा रहेका थिए । डेनमार्कको राष्ट्रिय टोलीको उमेर समूहबाट प्रशिक्षण करियर सुरु गरेका फ्रान्कले सन् २०१३ मा ड्यानीस क्लब ब्रोन्डबाईको नेतृत्व सम्हाल्दै सन् २०१६ को मार्चमा क्लब छाडे पछि ब्रेन्टफोर्डमा प्रवेश गरेका थिए ।
सन् २०१८ को अक्टोबरमा टोलीका मुख्य प्रशिक्षक डिन स्मिथ पदबाट बर्खास्त भएपछि उनी सो मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । अब उनी टोटनहममाबाट आफ्नो कुशलता प्रदर्शन गर्नेछन् ।
प्रतिक्रिया