२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

मोरङ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको वृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको उल्लेख गरे ।
अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्य गरिएको बताए । त्यस अवसरमा उहाँले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि राजनीतिकमा आउने सन्दर्भमा कानुन निर्माण जरुरी भएको आवश्यकता औँल्याए ।
‘प्रचण्डको एउटा पहिचान छ रे, ढाँट्दिने भनेर । अब रास्वपालाई छोड्दिएर स्वाट्टै संसद् खोल्दिनुभयो । हिजोसम्म राजीनामा नभइकन हुँदै हुँदैन त भन्नुहुन्थ्यो । के कुरामा चाहिँ सेटिङ भयो ? ’ विराटनगरमा प्रचण्डलाई पत्रकारले प्रश्न गरे । उनले सहजै जवाफ दिए- अगाडि बढ्ने र पछि हट्ने खालका कदमहरु राजनीतिमा चालिन्छ ।
भिजिट भिसा प्रकरण माओवादीले अग्नि सापकोटासँगको मुद्दासँग साट्नुभएको हो ? प्रचण्डले जवाफ दिए- 'यो बिल्कुल गलत कुरा । वाहियात कुरा हो । मानिसहरूले प्रचार गर्ने गर्या छन् । त्यस्तो केही नि होइन । यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन ।’
प्रचण्डलाई अर्को पनि प्रश्न सोधियो- ‘तपाईंलाई कांग्रेस एमालेले थाङ्नामा सुताएको कि आफैँ सुत्नुभएको हो ?’ यो प्रश्न आएपछि अलि कड्किएर प्रचण्डले भने- ‘तपाईंहरुको बुझाइ सुतेको हो ।’

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया