चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

भोजपुर- ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ थानीय तहबीच समन्वयत्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिधि, पर्यटन व्यवसायी, उद्यमी, होटल व्यवसायी र पदमार्गमा आधारित पर्यटन विकासका परियोजनाबीच समन्वत्मक बैठक गरिएको हो ।
बैठकमार्फत विस्तार भइरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृति सम्पदाको संरक्षण तथा जर्गेणा हुने गरी काम गर्ने निर्णय गरिएको छ । हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकाको संयुक्त आयोजनामा घोडेटारमा भएको अन्तरपालिकाबीचको सरोकारवालाको बैठकमा सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको वेलका नगरपालिका, खोटाङको साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकाको सहभागिता रहेको थियो ।
त्यस्तै भोजपुरको हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिका गरी ११ वटा स्थानीय तहको सहभागिता जनाएको हतुवागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।
अन्तरपालिकाबीच भएको बैठकमार्फत पदमार्गको विकासका लागि साझा धाराणा लिएर अघि बढ्ने प्रतिवद्धता गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । पदमार्गले छोएका स्थानीय तहबीच गरिएको कार्यक्रमले पदमार्गको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ ।
“ग्रेटर पदमार्गका विषयमा हतुवागढीमा समन्वयत्मक बैठक सम्पन्न गरेका छौँ,” अध्यक्ष राईले भने, “यो बैठकबाट पदमार्गको थप विकास लागि कसरी अघि बढ्ने भन्ने विषयमा बृहत्त रूपमा छलफलसमेत गरिएको छ । अहिले सबै पालिकामा भइरहेको पदमार्ग निमार्णको कामको विषयमा छलफल गरेका छौँ ।”
अन्तरपालिका पालिकाबीच भएको सरोकारवाला पक्षको बैठक उपलब्धिमूलक बनेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । बैठकबाट पदमार्गको कामलाई भावी दिनमा कसरी गुणात्मकढङ्गले अघि बढाउने भन्ने विषयमा योजना तयार गरिएको उनको भनाइ छ ।
पदमार्ग विस्तार भइरहेका स्थानीय तहसँगै पर्यटनसँग सम्वद्ध पक्षबीचको कार्यक्रम भएकाले यसले दिर्घकालिन महत्वलाई समेटेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । पदमार्गलाई पर्यटनसँग जोडेर संस्कृतिको संरक्षणसँगै आर्थिक पक्षको विकासमा टेवा पुर्याउन गर्न सकिने थप कामको विषयमासमेत छलफल गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले पदमार्गको समग्र विषयमा जानकारी दिएको छ । साथै दिगो र नविनतम् पर्यटन विकासको अवधारणाको बारेमासमेत अवगत गराइएको छ ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_QD2CnW3M2I_hu2gpzgy9laal8fclhvdam72ajncozwngdjh1dmtguwz6at8ivtgk8uny4q5.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया