नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

रौतहट- नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee - BDCC) को नियमित बैठक सर्लाहीको हरिवनमा सम्पन्न भएको छ।
नेपाल भारत सुरक्षा अधिकारीको दुईपक्षीय बैठकमा अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति भएको हो।
सर्लाहीका सिडियो तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो । दुईपक्षीय बैठकमा सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप , लागुऔषध, अबैध हातहतियार कारोबार, तथा मदिराजन्य पदार्थको तस्करी नियन्त्रण गर्न सहमती भएको बैठकमा सहभागी रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले बताए।
एक देशमा अपराध गरी अर्को तर्फ लुकेर बसेका अपराधीलाई पक्राउ गर्न सूचनाको आदानप्रदान संगै प्रत्यक्ष सहयोग गर्ने सहमती भएको थियो।
त्यसैगरी विदेशी घुसपैठमाथि पूर्ण निगरानी, दशगज्जा देखी सीमाक्षेत्रको सुरक्षामाथि बिशेष जोर दिइएको थियो। वर्षायाममा रौतहटस्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढेपछि गौरलाई डुबानबाट जोगाउन भारत बैरगनिया स्थित नदीको साईफन ( ढोका) खोल्ने सहमती भएको खड्काले जानकारी दिएका छन्।
दुईपक्षीय बैठकमा सर्लाही, महोत्तरी , रौतहट तथा भारत (विहार) को सितामढी जिल्लाका सुरक्षा अधिकारीको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

लहानमा बेच्न राखिएका आँप विषादीरहित

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

प्रतिक्रिया