आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

हार्ड रक क्याफे काठमाडौँले ५४ औं जन्मोत्सवमा गर्‍यो छोयला बर्गर लन्च

काठमाडौँ- दरबारमार्गस्थित अमेरिकन फ्रेन्चाइज हार्ड रक क्याफे काठमाडौंले ५४ औं जन्मोत्सव मनाएको छ । शनिवार एक कार्यक्रम आयोजना गरी हार्ड रक क्याफे काठमाडौंले जन्मोत्सव मनाएको हो।

आज विश्वभर १७० भन्दा बढी क्याफेहरूले एकैपटक ५४ जन्मोत्सव मनाएको छ । सोही अवसर पारेर काठमाडौंस्थित दरबारमार्गमा रहेको हार्ड रक क्याफे काठमाडौँले पनि ५४ औं जन्मोत्सव मनाएको छ ।

हार्ड रक क्याफेले नेपाली स्वाद अनुसार छोयला बर्गर लन्चिङ सुरूवात गरेको क्याफेका महाप्रबन्धक नारायणप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार हरेक क्याफेले सहरका स्थानीय स्वाद अनुसार आ-आफ्नो बर्गर लन्चिङ गर्दैछन् । काठमाडौंको हार्ड रक क्याफेले पनि छोयला बर्गर लन्चिङ तथा प्रदर्शन गरेको हो ।

छोयला बर्गर क्याफेका सेफ विप्लभ महर्जनले गरेका हुन् ।

'गत वर्षको जन्मोत्सवमा पनि यसैगरी बर्गर लन्चिङ गरेको थियो । काठमाडौँ बर्गर लन्चिङ गरेको थियो । विश्वभर उत्कृष्ट पाचौँमा परेको थियो,' सुवेदीले भने ,' हामीले खानामात्र नभइ नेपालको पर्यटन क्षेत्रमा पनि योगदान गरिरहेका छौँ ।'

हार्ड रक क्याफेको सुभिनियर सप समेत रहेको छ । हार्ड रक क्याफेको काठमाडौंको सुभिनियरमा टिसर्ट,मग र ग्लास पाइने सुवेदीले जानकारी दिए । पाटनमा पनि  सुभिनियर सप रहेको । ठमेलमा पनि सुभिनियर नयाँ सप खोल्ने योजना रहेको उनले जानकारी दिए ।

'हार्ड रक क्याफे पोखरा' पनि पोखरामा सुरूवात गर्न लागेको उनले उल्लेख गरे । विकिन्डमा सांगीतिक कार्यक्रम रहने गरेको सुवेदीले बताए ।

त्यसैगरी क्याफेमा अन्तर्रराष्ट्रिय स्तर अनुसार खानाको सेवा दिइरहेको उनले जानकारी दिए । सुवेदीले शुक्रवार र शनिवार सेवाग्राहीको बढी भीडभाड रहने गरेको बताए ।

डेनमार्कको वाणिज्य दूत हरि धरेलल र सेफ गोविन्द नरसिंह केसीको उपस्थिति रहेको थियो । काठमाडौँमा सन् २०२१ नोभेम्बरमा स्थापना भएको हो ।