कोरोनावाट भारतमा २४ घन्टामा थप १० को मृत्यु, मृतक संख्या ९७ पुग्यो

भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।
कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिनमा मृत्यु भएको यो सबैभन्दा धेरै संख्या हो। जसअनुसार केरलामा ६, दिल्लीमा ३ र महाराष्ट्रमा १ जनाको मृत्यु भएको छ । जनवरीदेखि हालसम्म ९७ बिरामीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
भारतका ३१ राज्य र केन्द्र शासित प्रदेशहरूमा सक्रिय केसहरूको संख्या अहिले ७ हजार ८३३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, आइतबार कुनै नयाँ केस दर्ता भएको छैन ।
तर, यसबिचमा हिजो मात्रै १७ बिरामीहरू निको भएका छन्। केरलामा २ हजार ७ वटा केसहरू छन, जो भारतको अन्य राज्य भन्दा सबैभन्दा उच्न हो, त्यसपछि गुजरातमा १ हजार ४४१ सक्रिय केसहरू र पश्चिम बंगालमा ७४७ सक्रिय केसहरू अझै सक्रिय रहेका छन्।

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
काठमाडौं पूर्ण खोपयुक्त जिल्ला घोषणा

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

स्वास्थ्य बिमा क्षेत्रमा पुनःविचार गरिनेछः प्रधानमन्त्री ओली

निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ : प्रधानमन्त्री ओली

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

प्रतिक्रिया