इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड- इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इरानसँगको आणविक वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन् ।
दुई देशबीच जारी द्वन्द्वको तेस्रो दिन आइतबार इजरायलले इरानमा रहेका सैन्य स्थल र इन्धन डिपोमा बम बारी गरेको छ ।
म्याक्रोँले ग्रीनल्याण्डको भ्रमणका क्रममा भने, “मलाई आशा छ, आणविक क्षमतामा कुनै वृद्धि हुनबाट रोक्न, इरानमा आणविक क्षमताको अधिग्रहण गर्न र यस क्षेत्रमा कुनै पनि अशान्ति रोक्न आगामी घण्टाहरूले शान्ति र छलफलको लागि बाटो ल्याउनेछ।”
फ्रान्सका राष्ट्रपतिले जारी द्वन्द्वका बावजुद इरानको आणविक कार्यक्रमबारे वार्ताका लागि आफ्नो आह्वान दोहोर्याएका छन् ।
“(शनिबार) मैले इरानका राष्ट्रपतिसँग कुरा गर्न पाएँ र जतिसक्दो चाँडो हामीबीच छलफलका लागि आह्वान गरेँ । अमेरिकी राष्ट्रपति ट्रम्पसँगको कुराकानीमा पनि मैले यही कुरा व्यक्त गरेको छु,” म्याक्रोँले भने ।
“आइतबारदेखि मङ्गलबारसम्म क्यानडामा बैठक गरिरहेका जी–७ का नेताहरूसँग यस विषयमा पुनर्विचार गर्ने अवसर हामीले केही घण्टाभित्रै पाउनेछौं,” उनले थपे ।
सन् २०१५ मा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा त्यागेको सम्झौतालाई प्रतिस्थापन गर्ने गरी नयाँ आणविक सम्झौताको बाटो खोज्न अमेरिका र इरानबीच गत अप्रिलदेखि पाँच चरणको वार्ता भएको थियो ।
छैटौँ चरणको वार्ता आइतबारका लागि तय भए पनि आयोजक देश ओमानले शनिबार वार्ता रद्द भएको जनाएको छ । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया