इरान हमलापछि नेतान्याहुको छोराको विवाह रोकियो

तेलअभिव- गाजामा हमासविरूद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्दको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको सैन्य द्वन्द्वका बीचमा आफ्नो छोराको तय भएको विवाह अन्तिम समयमा आएर स्थगित गरेका छन् ।
टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार नेतान्याहुका छोरा अव्नेर नेतान्याहुले सोमबार आफ्ना पार्टनर अमित यार्डेनीसँग विवाह गर्ने कार्यक्रम तय भएको थियो तर अहिले त्यो बैबाहिक कार्यक्रम रोकिएको छ ।
र, केही दिनअघि पनि इजरायली प्रधानमन्त्री र उनको परिवारको निकै आलोचना भएको थियो । वास्तवमा, नेतान्याहु र उनको परिवारका केही तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए, जसमा उनीहरू सबै छुट्टीको मुडमा देखिएका थिए जबकी देश युद्धको चपेटामा परिरहेको छ ।
गाजामा एकातिर इजरायली नागरिक अझै पनि बन्धकमा छन् भन्ने धेरैले उनीहरूले छुट्टी मनाएको भन्दै तिब्र आलोचना गरेका थिए तर अर्कोतर्फ इजरायली प्रधानमन्त्रीले आफ्नो परिवारसँग छुट्टी मनाउँदै छन्।
उही समयमा जब नेतान्याहु परिवारले छोराका विवाह समारोहको तयारी गरिरहेको थियो, इजरायलले गत शुक्रबार इरानमा आक्रमण गर्यो। जवाफमा, इरानले पनि सयौं ड्रोन र मिसाइलले राजधानी तेल अभिव, जेरूसलम र हाफिजालगायतमा विनाशकारी हमला गरेको थियो ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया