स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ- यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए ।
नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा ‘एक घर, एक फिल्टर’ निर्माण गर्नेगरी फिल्टर निःशुल्क वितरण गरिएको सो वडाका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिए । अब २६ घर सर्वसाधारणले प्रशोधन गरिएको स्वच्छ पानी पिउन पाउने भएका छन् ।
गाउँभन्दा करिब ८०० मिटर टाढा धामीखोलाबाट गाउँमा पाइपमार्फत ल्याइएको पानी दूषित भएपछि स्थानीयले नगरपालिकासँग फिल्टर माग गरेका थिए ।
खोलामा बगेको पानी अत्यन्तै दूषित पाइएकाले हरेक घरमा शुद्ध पानी उपलब्ध गराउने नगरपालिकाको योजनाअनुसार फिल्टर वितरण गरिएको नगरप्रमुख विमला राईले बताए । उनले भने “दूषित पानी उपभोगले स्थानीयलाई विभिन्न प्रकारका रोगहरुसमेत लाग्ने गरेको थियो । अब कम्तिमा पनि २० वर्ष शुद्ध पानी पिउन पाउने भएका छन् ।”
यहाँस्थित बाल विकास प्राथमिक विद्यालयमा पनि सोही फिल्टर प्रयोग गरेर पानी प्रशोधित गरिएको छ ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_09HnRvekgz_1vwo0rjcvcrhgje4bjkudy3a7sp5vxfezkp1uauxjfkbz6tcfop1wqhyfxcy.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया