सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्‍चालन गरेको छ ।

जेठ ३० गते कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीका  सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समितिसहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो र काठमाडौं उपत्यका बहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकहरुको अनलाइनमार्फत सहभागितामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

यस कार्यक्रमलाई नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने साथै उप निर्देशक पदम प्रसाद सोडारीले प्रस्तुत गरे । साथै कार्यक्रमको आयोजना कम्पनीका तर्फबाट कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत विदुर बहादुर भुजेलले गरेका थिए ।

उक्त तालिममा ग्राहकको सम्पत्ति र आयको श्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

सिटिजन लाइफले नियमित अवधिमा यस कार्यक्रम संचालन गर्दै आएको छ। साथै काठमाडौं उपत्यका बाहिरका स्थानहरुमा अन्य कर्मचारी र अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नै प्रस्तुत गरेका छन् । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिँदै आएका छन् । साथै कम्पनीले यस प्रकारको कार्यक्रम पुन देशभरी क्रमशः विस्तार गर्ने समेत जनाएको छ ।