मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ताप्लेजुङ जिल्लाको मैवाखोला र मेरिङदेन गाउँपालिकामा निर्माण गर्न लागिएको १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेडले वित्तीय व्यवस्थापन गर्ने भएको छ। एनएमबि बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच ऋण लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा बैंकको तर्फबाट चिफ, सस्टेनेबल इनर्जी बैंकिङ्ग दिनेश दुलाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रमपश्चात् एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  गोविन्द घिमिरे र कम्पनीका प्रबन्ध निर्देशक सुब्बाबीच सम्झौता पत्र आदानप्रदान गरिएको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत घिमिरेले परियोजना समयसिमा र लागत भित्रै सम्पन्न गर्न आवश्यक रहेको बताए। उनले आयोजना निर्माणमा प्राविधिक पक्ष, वातावरणीय प्रभाव तथा पर्यावरणीय जोखिमहरूलाई समयमै पहिचान गरी उचित समाधानको कार्यान्वयन गर्न आग्रह गरे।

कम्पनीका प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले एनएमबि बैंकलाई आभार प्रकट गर्दै आयोजनालाई तय समय र लागत भित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाए।

एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ। एनएमबि बैङ्कले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनामा इन्भेस्टमेन्ट गरिसकेको छ। बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट सन् २०२२ मा जारी गरिएको इनभाइरनमेन्टल एन्ड सोसियल रिस्क म्यानेजमेन्ट निर्देशनअनुसार इनभाइरनमेन्टल एन्ड सोसियल पोलिसी तयार पारी उक्त आयोजनाहरूमा इनभाइरनमेन्टल एन्ड सोसियल रिस्क मूल्याङ्कनका लागि इनभाइरनमेन्टल एन्ड सोसियल म्यानेजमेन्ट सिस्टम (ईएसएमएस) समेत लागू गरिरहेको छ।

एनएमबि बैङ्कले जलविद्युत क्षेत्रलाई सस्टेनेबल इनर्जी डिभलपमेन्टको प्रमुख आधारका रूपमा लिँदै फाइनान्सियल कन्प्रिब्युशन गर्दै आएको छ। जलविद्युत क्षेत्रमै स्पेसलाइज्ड लोन म्यानेजमेन्ट ब्रान्च स्थापना गरेर बैङ्कले दीर्घकालीन विकास लक्ष्यमा कन्ब्युशन पुर्याउँदै आएको बताइएको छ।