उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु

किन्शासा- उत्तरपश्चिमी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) को उत्तरपश्चिमी टुम्बा तालमा डुङ्गा डुब्दा कम्तीमा ४८ जनाको मृत्यु भएको डिआरसी सरकारले आइतबार जनाएको छ ।
इक्वेटोर प्रान्तको बिकोरो नजिकैको घटनापछि ४६ जना यात्रुलाई उद्धार गरिएको छ भने एक सय सात जना बेपत्ता छन् । अधिकारीहरूले अहिलेसम्म ४८ वटा शव बरामद गरेको उपप्रधानमन्त्री तथा आन्तरिक तथा सुरक्षामन्त्री ज्याकमेन शाबानीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पीडितहरू तीनवटा मोटर चालित डुङ्गामा सवार थिए । ती डुङ्गा तालमा गम्भीर मौसमका कारणले पल्टिएको विज्ञप्तिमा भनिएको छ ।
रिपोर्टका अनुसार मृतकको सङ्ख्या ६० भन्दा बढी हुनसक्छ । स्थानीय स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले डुङ्गामा रहेका अधिकांश यात्रुले बिकोरो क्षेत्रको गाउँको अन्त्येष्टिमा मृत महिलाको शव बोक्दै गर्दा डुङ्गाहरू सम्भवतः ओभरलोड भएका थिए ।
परिस्थितिको आकलन गर्न र मानवीय सहायताको समन्वय गर्न बिकोरोमा एक अन्तर–मन्त्रालय मिसन पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै त्रासदीहरू रोक्न, प्रकोप रोकथाम संयन्त्रलाई सुदृढ पार्न र समुदायको लचिलोपन बढाउन निरन्तर प्रयास गर्न आह्वान गरिएको छ । (सिन्ह्वा)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया