भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षार्थ दुई बुँदे सहमति गरिएको दाबी गरेका छन् ।
प्रेस सेन्टर नेपाल चितवनले मंगलबार प्रचण्डको नीजि निवास भरतपुर १४ शिवनगरमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा पत्रकारले राखेका जिज्ञासामा प्रचण्डले दुई बुँदे सहमति तत्कालको स्टेपमात्रै नभइ संविधानको रक्षार्थ भएको बताएका हुन् ।
प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमा समावेशी प्रतिनिधित्व लगाएत वर्तमान उपलव्धी माओवादीको एजेण्डा भएको दावी गर्दै यसको रक्षाका लागि दुई बुँदे सहमति गरि सत्ता पक्षकै जस्तो भूमिका निर्वाह गरेको जिकिर गरे । प्रचण्डले संघीय निजामती ऐन, विद्यालय शिक्षा विधेयक पनि आफ्नै सरकारको पालोमा अगाडि बढेकोले दुई बुँदे सहमति मार्फत त्यसको जिम्मेवारी लिन खोजेको प्रष्ट पारे ।
प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन र नीतिगत सुधार गर्नुपर्ने बताए । यस मुद्दालाई त्यत्तिकै नछाड्ने उनको भनाइ छ ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया