एकल कातामा एलिनालाई स्वर्ण

काठमाडौँ- कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा आज स्वर्णपदक जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाँललाई पराजित गरिन् । नागर्जुन नगरपालिकाकी बन्दना तामाङ तथा आयोजक काठमाडौँ महानगरपालिका–२६ की मिस्टी श्रेष्ठ तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ३० हजार, १५ हजार र पाँच/पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
महिला टिम कुमुतेमा सोनाम शेर्पा, समीक्षा ढुङ्गाना, मोनिका लामा, आयुशा प्रधान र मनिषा लामाको नागर्जुन टोली पहिलो भयो । काठमाडौँ महानगरपालिका–३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवार दोस्रो भए ।
गोकर्णेश्वरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्सु ठोकर र आयुशा तिमल्सिना तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतिक्षा तामाङ र सलिना तुलाधर संयुक्त रुपमा तेस्रो भए । पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०÷१० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।
दुईदिने उक्त प्रतियोगितामा महिलाको दुई स्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेको करातेका संयोजक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । पाँच खेल समावेश बृहत् खेलकुदमा दुई खेलको प्रतिस्पर्धा सकिएको छ । करातेअघि टेबलटेनिस सम्पन्न भएको थियो ।
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

प्रतिक्रिया