आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

आज पनि संसदमा रास्वपाका सांसदको अवरोध जारी

भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका हुन्  । दुई दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न समय दिएका थिए ।

सांसद ढकालले गृहमन्त्रीले सदनमा बोल्दा भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध जनाए । उनले अध्यागमनमा भएको भ्रष्टाचारको अनुसन्धान गर्न नसकेको, बिमानस्थलमा अनावश्यक कर्मचारी थप गरिएको र आफ्ना कर्मचारीको सरुवाका बिषयमा गृहमन्त्रीको कुनै जवाफ नआएको जिकिर गरे । आफ्ना मागलाई सरकारले नसुनेकाले आफुहरुको आन्दोलन जारी रहेको उनले बताए ।

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै दल बिशेषको नभइ सवैको साझा मुद्दा भएकाले यस बिषयमा सवै दल एक ठाँउमा आउन आह्वान गर्नुभयो । भिजिट भिसा प्रकरणमा छानविन समिति नभएसम्म आफहरुको विरोध कायमै रहने उनको भनाइ छ ।

शाहीले आफुहरुको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधकाबीच संसदको कार्यसूची अघि बढेपछि रास्पाका सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका छन् भने राप्रपाका सांसदहरुले बैठक बहिष्कार गरेका छन् ।

 

 

विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँः गृहमन्त्री लेखक

विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँः गृहमन्त्र…

प्रभु साहको प्रश्न:  तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भयो ?

प्रभु साहको प्रश्न: तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भ…

संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग