विस्तारित सामाजिक पुँजीवाद

कोरोना भाइरस महामारी (कोभिड-१९) ले सामाजिक उद्यमशीलतालाई एउटा अपरिहार्यतामा रुपान्तरण गरेको छ । कोभिड-१९ ले विश्वव्यापी बदलावलाई तीव्र बनाएको छ । यसले डिजिटल अर्थतन्त्र सर्वव्यापी बनाउँदै जबर्जस्त रुपमा नयाँ प्रचलनहरु भित्र्याइरहेको छ । समाजिक असमानताहरु र असुरक्षालाई अझै चर्काएको छ ।
जनावरमा रहेको भाइरस मानिसमा सरेर सिर्जित महामारीलाई हामी मानिसमा प्रकृतिको अतिक्रमण बढेको रुपमा चर्चा गर्न सक्छौं । त्यसैगरी, जलवायु परिवर्तनले पनि मानिसमाथि त्यत्तिकै जोखिम बढाइरहेको छ । यी जोखिमप्रति सचेत भएर सतर्कतापूर्वक पूर्व तयारी गर्नुपर्नेछ ।
हामीले एउटा सत्य के बुझ्नुपर्छ भने अक्षम सार्वजनिक क्षेत्र भएको ठाउँमा कुशल र गतिशील निजी क्षेत्रको सह-अस्तित्व हुँदैन । सार्वजनिक क्षेत्रको फोहोरी अभ्यासमा निजी क्षेत्रको ऐश्वर्य/वैभव कायम हुन सक्दैन । सबै राजनीतिकर्मी र नीति निर्माताहरुले कुशल निजी क्षेत्रको सह-अस्तित्वका लागि सार्वजनिक क्षेत्रको कार्यकुशलता अभिवृद्धि गर्ने सोचलाई अंगीकार गर्नुपर्छ ।
सेयरधनी केन्द्रित आर्थिक दृष्टिकोणबाट अघि बढेर अब क्रमशः सरोकारवालाकेन्द्रित सामाजिक पुँजीवादको क्रमशः उदय हुँदैछ । सन् १९७६ का नोबेल पुरस्कार बिजेता मिल्टन फ्रिडमनले व्यवसायको एकमात्र सामाजिक उद्देश्य/उत्तरदायित्व भनेको नाफा कमाउनु हो भनेका छन् । तर फ्रिडमनको यो दृष्टिकोणलाई पछिल्लो डेढ-दुई दशकमा चुनौती दिइएको छ । यसमा ध्यान दिनयोग्य के छ भने, अमेरिकाको प्रतिष्ठीत कर्पोरेट फोरम ‘विजनेस राउण्डटेबल’ ले समेत आर्थिक मुनाफा आर्जनलाई मात्र ध्यान दिने पुरातन मान्यतालाई बदलीसके । झण्डै १३ हजार अर्ब अमेरिकी डलर बजार पुँजीकरण भएका विश्वका उत्कृष्ट कम्पनीका २०० सीईओहरुले प्रतिनिधित्व गर्ने यो मञ्चका सदस्यहरुले आधारभूत मूल्यमान्यता विकास गरेका छन् । आपूर्तिकर्तामार्फत् स्वच्छ आपूर्ति, उनीहरुको कार्यक्षेत्रका समुदायलाई सहयोग गर्ने जस्ता अभ्यासले सेयरधनी केन्द्रित आर्थिक क्रियाकलापको दायरा विस्तार भएर बृहद् सरोकारवालासम्म पुगेको छ ।
सार्वजनिक क्षेत्रको फोहोरी अभ्यासमा निजी क्षेत्रको ऐश्वर्य/वैभव कायम हुन सक्दैन ।
नेपालजस्तो न्यून आय भएको अल्पविकसित मुलुकमा यो कसरी सम्भव छ भन्ने प्रश्नहरु पनि छन् । यसलाई दुईवटा पाटोबाट विश्लेषण गर्नुपर्छ । एउटा कम्पनीहरुलाई आफैँमा समाज, सरोकारवाला र पर्यावरणप्रति उत्तरदायी व्यवहारका लागि प्रोत्साहित गर्ने र अर्को, प्रभाव सिर्जना गर्ने लगानीलाई बढावा दिने ।
हितकारी अर्थतन्त्रको अवधारणा लागू गर्न संस्थागत सामाजिक उत्तरदायित्वका क्रियाकलापलाई प्रोत्साहित गर्नुका अतिरिक्त कर्पोरेट व्यवहार र आचरण सामाजिक र पर्यावरणप्रति उत्तरदायी हुन जरुरी छ । नेपालमा हरित प्रविधिहरु भित्र्याएर हामीले दीर्घकालीन रुपमा जलवायु परिवर्तनका असरहरुसँग जुझ्न सक्छौं । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार, सन् २१०० सम्म हाम्रा दुई तिहाई हिमनदीको स्रोत समाप्त भैसकेको हुनेछ । यस्तो असरसँग जुझ्न नेपालको मात्र एकल प्रयासले हुँदैन । यसका लागि भारत, बंगलादेशसँग क्षेत्रीय रुपमा सहकार्य गरी तापमान वृद्धिगर्ने कार्बन उत्सर्जन न्यून गर्न सकिन्छ । यस्ता अल्पकालीन जलवायु प्रदुषक न्यूनीकरण गर्न स्वच्छ, हरित र नवीकरणीय उर्जाको प्रयोग गर्न सकिन्छ ।
कोभिड-१९ ले समाजमा विद्यमान असमानताको ‘फल्ट लाइन’लाई अझै चिरा पारेको छ । यसलाई सम्बोधन गर्न विश्वव्यापी वित्तिय समावेशीताका जुम्ल्याहा एजेण्डामा ध्यान दिनुपर्छ- वित्तिय समावेशीकरण र सर्वव्यायी समाजिक सुरक्षा । वित्तिय समावेशीता अभिवृद्धिको सम्बन्धमा बंगलादेशको ग्रामीण बैंक यसको अद्भुत उदाहरण हो । सन् १९७० को मध्यतिर जतिबेला प्रोफेसर मुहम्मद युनुसले समूहहरुबीच आपसमा अनुगमन गरिने लघुवित्त कार्यक्रम लागू गर्दै थिए, त्यतिबेला प्रविधि प्रारम्भिक चरणमा थियो । प्रविधिको रुपान्तरणले कम लागतमा इन्टरनेट पहुँच एसिया प्रशान्त क्षेत्र चार अर्ब जनसंख्यामा पुर्याउने सामर्थ्य र उपाय अहिले हामीसँग छ । इन्टरनेटको सरल र सहजरुपमा सर्वव्यापी पहुँचमार्फत् वित्तिय समावेशीता अभिवृद्धिमा हामी मुखरित हुनुपर्छ । किनकी वित्तिय समावेशीता सबैखाले असमानताविरुद्ध लड्न आधारभूत आवश्यकता हो । सामाजिक सुरक्षालाई सर्वव्यापी बनाउने भनेको आधारभूत आम्दानी, रोजगारी सुनिश्चितताका स्कीमहरु लागू गर्नुपर्छ । कोभिड-१९ ले कर्पोरेटहरुलाई सेयरधनीमात्रको नाफा नभइ समाज र पर्यावरणप्रति हितकारी व्यवसाय साथै प्रभावकारी लगानीलाई प्रोत्साहनको पक्षलाई निकै पेचिलो बनाएको छ ।
(नेपाल स्कुल अफ अन्ट्रपेन्यरसीप र युनुस सेन्टरको सहकार्यमा आयोजित ‘कोभिड-१९पछि सामाजिक उद्यमशीलता’ कार्यक्रममा डा. वाग्लेद्वारा व्यक्त विचार)

पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको गन्तव्य प्रचार गर्दैछौंः सिताराम घिमिरे…

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ

राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ : अध्यक्ष दाहाल

जात्रामय भएको छ भक्तपुर, नौदिने बिस्काको महिमा के छ ?

संघीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो

सेवा लिनका लागि लाइनमा बस्नुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्छः भीमप्रसाद आचार्य

कसरी मान्छन् नेपालीले ती आन्दोलन, अनि तीनकुने हत्याकाण्ड!
_INHWNXryjv_fdkzzdtxzynpn9vv9gjc3yqloqlwywuv6njfws8ai9yq7b88uctbezl5aodu_ZTMzESwk0V_5nnliptox6kmo6hckban3k2ruct2zd9idyvmimyldj4vums6ga0m6ooosl7s.png)
प्रतिक्रिया