दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

काठमाडौं- न्यायपरिषद्ले उच्च अदालत न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ । बिहीबारको परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको एक सदस्यीय समिति गठन गरेको हो ।
न्यायपरिषद् ऐनको दफा १८ मा जिल्ला वा उच्च अदालतका न्यायाधीशमाथि छानबिन गर्दा न्यायपरिषद्का सदस्य वा सर्वोच्च अदालतका कुनै न्यायाधीशको समिति गठन गर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार, बिहीबार समिति गठन भएको हो ।
अब न्यायाधीश शर्माको एक सदस्यीय समितिले सम्बन्धित न्यायाधीश वा अन्य व्यक्तिसँग सोधपुछ गर्न पाउने व्यवस्था छ । समितिले तोकिएको समयभित्र राय सहितको प्रतिवेदन न्यायपरिषदमा बुझाउनुपर्नेछ ।

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

बाँकेमा सम्बन्ध बिच्छेद गर्नेहरू बढ्दै

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

कल्याणपुरका नगरप्रमुख साह एक लाख घुस रकमसहित पक्राउ

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

प्रतिक्रिया